समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



झापा, ३० जेठ । झापाको दमक–८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

अनुसार अर्जुनधारा–८ का १४ वर्षीय आयुस राईको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

राई मे १ च ५२९६ नम्बरको पिकअपमा काम गर्थे । र, सोही गाडीबाट सामान अनलोड गर्ने क्रममा विजुलीको पोलको तारमा छोइएपछि घटना भएको प्रहरीले जनाएको छ ।