काठमाडौँ, ३१ जेठ । नेपालको संविधानको दोस्रो संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुने भएको छ ।
संसद सचिवालयले शनिबार १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विधेयकको दफावार छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । संविधान संशोधन विधेयकमाथि जनता समाजवादीकी सांसद सरिता गिरीले एक संशोधन प्रस्ताव पनि दर्ता गराएकी छन् । तर पार्टीले प्रस्ताव फिर्ताको लिखित निर्देशन दिए पनि प्रस्ताव फिर्ता भएको छैन । यद्यपि जनता समाजवादी पार्टीले भने सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
संविधानको अनुसूची ३ मा रहेको निशाना छापमा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक गरेको प्रशासनिकरराजनीतिक नक्सा समावेश गर्नका लागि मात्रै यो संशोधन हुन लागेको हो ।










प्रतिक्रिया दिनुहोस्