राजनीति

छातिमा हात राखेर भन्छु, यो सौभाग्य दिनमा प्रधानमन्त्री ज्यू र हामी सवैलाई बधाई : सांसद लिङ्देन



काठमाडौँ, ३१ जेठ । राष्ट्रिय प्रजातान्त्रीक पार्टी (राप्रपा)का नेता तथा सांसद राजेन्द्र लिङ्देनले आफ्नो छातिमा हात राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सौभाग्य दिनको अवसर दिनुभएको प्रधानमन्त्री तथा सम्पूर्णमा बधाई दिनुभएको छ ।

नेपालको संविधानमा निसान छाप समावेश गर्न सरकारले ल्याएको संविधान संशोधनका सवालमा आफ्नो धारणा राख्दै सांसद लिङ्देनले विगतमा गरेका शासकले गरेको गल्तीलाई वर्तमान सरकारले सच्याउने साहसीक कदम चालेको उल्लेख गर्दै भारतको नेपाल भाई नभई छिमेकी भएको बताउनुभयो । उहाँले भारतले नेपाललाई भाई भनि हेप्ने नभई समानताको हैसियत रहेको उल्लेख गर्नुभयो ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता लिन नेपालको तथ्य र प्रमाणको आधारबाट कुनै समस्या नभएको उल्लेख गर्दै उहाँले भारतले नै तथ्य प्रमाणका आधारमा हामीले गल्ती गर्यौ तपाईहरुलाई भूमि फिर्ता गरेका छौं भन्ने दिन आउने स्पष्ट पार्नुभयो । वार्ता र छलफलबाट गुमेको भूमि फिर्ता ल्याउने प्रकृया अघि बढाउनुनपर्नेमा उहाँले सुगौली सन्धी नमान्ने हो भने टिस्टा र कांगडा सम्म दावी गर्नुपर्ने समेत धारणा राख्नुभयो ।

आफ्नो संसदीय जीवनको सवैभन्दा महत्वपूर्ण र ऐतिहासिक दिन भएको उल्लेख गर्दै उहाँले कठिन र जटिलता भएता पनि सरकार तथा नेपाली जनता एक कदम अघि बढेकोले अबका दिनमा पछि पर्ने कुनै पनि काम गर्नु नहुने बताउनुभयो ।