समाचार

गुल्मीमा कोरोना संक्रमितको मृत्यु



गुल्मी, ३२ जेठ । गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

गएराति रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको मृत्यु भएको उपचारमा खटिएका डा. कविराज भुसालले बताए ।

शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।