काठमाडौँ, ३२ जेठ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई कुनै वहानामा हेलचेक्र्याई नगर्न आग्रह गर्दै संक्रमण आम नेपालीको घर आँगनमा आइपुगेको बताउनुभएको छ ।
सरकारको विरुद्धमा अघोषीत रुपमा विभिन्न राजनीति दलसँग सम्बद्ध युवाहरुले देशका विभिन्न भागमा गरिरहेको सडक आन्दोलनलाई लक्षीत गर्दै उहाँले नेपालमा कोरोनाको संक्रमण टाढा नभएकोले सानो गल्तीले ठूलो क्षती हुने अवस्था सिर्जना नगर्न आग्रह गर्नुभयो ।
उहाँले कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि न्युनतम सावधानी अपनाउन सम्पूर्ण आम नेपालमा रहनुभएका नागरिकलाई अपिल गर्दै भन्नुभएको छ, ‘कुनै बहानामा भिडभाडजन्य गतिविधि गर्नु र वाहिर निस्कदा मास्क नलगाउनु र दुरी कायम नगर्नु वेठिक हो। कोरोना टाढा होइन आगनमै आइपुगेकोछ ।’
विगत केही दिन अघि देखी स्वतन्त्र युवाहरुको स्वतस्फुर्त भन्ने बहानामा देशका विभिन्न ठाउँहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, साझा विवेकशिल, जनता समाजवादी पार्टी लगायतका युवाहरु पार्टी नखुलाई अप्रत्यक्ष रुपमा सरकारले घोषणा गरेको लकडाउनको पालना समेत नगरी सकड आन्दालेनमा उत्रिएका छन् । जुन वर्तमान संकटको घडिमा भिडभाडले ठूलो मानविय क्षतीको रुप लिन सक्ने आंकलन समेत गरिएका छ । आन्दोलनका कारण कोरोना भाइरसको संक्रमण आगो फैलिएझैं फैलन सक्ने समेत विज्ञहरुले चेतावनी दिएका छन् ।











प्रतिक्रिया दिनुहोस्