दिपक खड्का
कपिलबस्तु,२२ चैत्र ।कपिलवस्तु नयाँ शैक्षिक सत्रको सुरूवात संगै वालविकाश केन्द्रका वालबालिकाको चौतर्फी विकाश गर्न बालविकाश सहजर्कताहरूको सीप र दक्षता बढाउन साक्षरता र गणित अवधारणा विकाश गर्न तालिमको आयोजना गरिएको तालिम प्रशिक्षक कृष्ण गिरीले बताए ।
बालविकाश सहजकर्ताहरूलाई प्रारम्भिक साक्षरता र गणित विषयको धारण तथा सिप सम्बन्धी छ दिने तालिम आज सम्पन्न भएको छ ।
द्दट जना बालविकाश सहजकर्ता लाई गणित सिपमा निपुर्ण बनाई स्थानिय स्रोत साधनको प्रयोग गरि घ वर्ष देखि छ वर्षका बालबालिको शारिरिक, मानसिक,संवेगात्मक र चौतर्फी विकाशमा टेवा पुर्याउन तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक अजय चौधरीले बताए ।
तालिममा प्रारम्भिक साक्षरताका छ सिकाई क्षेत्र सुनाई तथा बोलाई किताब ज्ञान, छापा र संकेतको ज्ञान,सम्बन्धी ज्ञान,अक्षर ज्ञान, ध्वनी सचेतना र प्रारम्भिक गणितका छ सिकाई क्षेत्र,नाप तौल तुलना ज्योमिती आकार, क्रम ठाँचा अंक संख्या र वार्गीकरण सम्बन्धी सिपहरू मार्फत बालविकाश केन्द्रको कक्षा कोठा छापामय बनाउने उपद्धेशले तालिम आयोजना गरिएको शिक्षा सहायक अधिकृत श्रीधर पोख्रेल जानकारी दिए ।
तालिम कालिका स्वावलम्वन सामाजिक केन्द्र र सेभ द्र चिलड्रेनको साझेदारीमा संचालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्