विचार/ब्लग

बिज्ञ अभियन्ताको अभियान के ?



काशी रिमाल  

कोरोनाको आतंकमा रहेको देशमा सशरिर आबतजावतमा केही कठिनाई भएको भएपनि समाज गतिशिलनै रहेको आभास भएको छ । हरेक मानिस आफ्नो योग्यता, क्षमता, समाज, संस्कार, संगत अनुसारको बनेको आफ्नो स्वच, भावना, उदेश्य अनुसार आफ्नो क्षेत्रमा आफ्नो मत राख्ने, आफ्नो सल्लाह सुझाव राख्ने गरिरहेकै हुन्छ । आफुले जानेको बुझेको र आफुलाई लागेको कुरा सामजमा सुनाउनु समाजको मात्र नभर्ए देशकै लागि योगदानहो । बर्तमान नेपाली समाजको ब्यबस्था अनुसार थो देशको संबिधानले ब्यबस्था गरेको मानव अधिकारको हक हो । वाक स्वतन्त्रताको हक हो । संबिधानको भाग तिनद्धारा प्रदत्त सम्पतिको हक हो । ज्ञान भनेको ब्यक्तिको बौेदिक सम्पति हो । त्यसैले यो बौदिक सम्पतिको हक पनि हो । आफ्नो सक्पतिको भोगचलन गर्ने हक पनि हो । त्यसैले सबैले आआफ्नो हक को प्रयोग गरिरहेको देख्न पाईन्छ । यो राम्रो र गतिशिल कुराहो ।

ज्ञानलाई ब्यबहारमा सायद बुद्धी भनिन्छ । बुद्धीलाई चलाएर, खेलाएर घोटाएर जीवन जिउने मानिसलाई बुद्धिजिवी भनिदो हो । बिना शारिरिक परिश्रम पसिना नबगाइकन जीवन जीएपनि समाजलाई जीवन, जगत र राष्टलाई डोहो-याउने, गघि बडाउने सकारात्मक सोच र परिवर्तन गर्ने काम पर्दापछाडी भएपनि यिनले नै गरेका हुन्छन् । भएको यथार्थको सटिक बिश्लेषण, सम्भाबनाको खोजी र बिश्लेषण, नया कार्ययोजना निमार्ण, श्रोत परिचालन, कार्यन्वयन, निरिक्ष तथा मुल्यांकनको चक्र यिनकै मेहनत र सहयोगमा चलेको पाईन्छ । अहिले कोरोनाका कारण यस्तो महत्वपुर्ण जनशक्ति निश्काम घरैमा बसिरहेको दुखद अबश्था आयो । यसले समाजलाई धेरै घाटा पु-याएको छ भन्ने सबैलाई लागेको छ । यस्तो चिन्ताको समय हुदाहुदैपनि सडक देखि सामाजिक संजाल र सन्चार माध्यमहरु ह्ेर्दा देशका बौद्धिक बिज्ञहरु कति धेरै छन र कति ब्यस्तताका साथ काम गरिरहेका छन भन्ने लाग्दछ ।

अहिले भ्रष्टाचार नै देशको बिकाशको बाधक हो यसको नियन्त्रण मात्र हैन उन्मुलननै गर्नुपर्दछ भन्ने दृष्टिकोण सबैमा पाईन्छ । सरकार सुन्य सहनशिलताको नारा सहित काममाछ । राष्टमा यसको नियन्त्रणको निमित्त हरेक कामको बिधी बनाएर कार्यन्वयन भएको छ। संबिधानले यसैका निमित्त संबैधानिक संरचना बनाएकोछ । काममा केही ढिलासुस्ती भएको पक्कै होला तर कर्तब्यबाट कोहिपनी बिमुखनै हुन अबश्य सक्दैन । जोकोही जिम्मेवार ठाउमा भएपनि उ यहिसमाजको पात्रहो । जनता र समाजप्रति जबाफदेही हुनैपर्दछ । कर्तब्यले च्यूत भएको मानिसलाई समान वा उच्च सम्मान दिनथाल्यौ भने समाज पनि त्यत्तिकै दोशी हुन्छ नै । भ्रष्टचारका अभियन्ताको नाममा समाजमा सचेतना बढाउने दबाबदिने भन्दा बढि बिष धोल्ने र तथ्यहिन कुरा गर्ने गरेको सुन्दा लाग्छ यिनको उदेश् पबित्रछैन । राज्यले संभाबित शंक्रमण बाट जनतालाई जोगाउन लकडाउन जस्तो जोखिमी हतियार अंगिकार गरेको छ तर अभियन्ताको नाममा सडकमा देखिने अराजकता तथा शंक्रमणको थप जोखिम उठाउने कुरा बहादुरी पक्कै हैन ।

बिषयहरुमै छलफल गर्दा धेरै उठेको कुराहो एनसेलको करछलीमा भएको भ्रष्टाचार । कर्मचारी र राजनीतिक नेतृत्वलाई धेरै गाली गरिएकोछ यस बिषयमा । एनसेल लाई तिमिले यति कर तिर्नै पर्छ भनेर कर निर्धरण गर्नेकाम कसले ग-योु? अभियन्ताहरुले हो ? कि कर्मचारीतन्त्रलेने ग-यो ? त्यो एयटा ब्यापारिक संस्था हो देशमा कानुन छ । त्यस कानुनमा कर बेलामा नतिरेमा ब्यजसहित तिराउछन, तिराउने ब्यबस्था छ भन्नेतिनलाइ अबश्थ थाहा छ भलै अभियन्ताहरुलाई देशको कानुन थाहानहुन सक्ला । बिधी र थिति थाहा नहुन सक्ला किनकी अभियानको प्रकृति र ढाचा हेर्दा बिषयको गम्भिर अध्ययन गरेर यर्थाथको आधारमा कुरा उठाउने गरेको देखिदैन, हेर्दा लाग्छ यिनको उदेश्य समाजलाई उत्तेजित बनाउनु, आफु नेता बन्नु वा आदेशको तामेली गर्नुमात्र हो ।
त्यस्तै अर्को धेरै हंगामा गरिएको बिषयहो वाइडबडी खरिद प्रकरणमा भएको भ्रष्टाचार । यसको सुरुवात यो सरकार भन्दा धेरै पहिले भईसकेको र अन्तिम किस्ता तिरेर ल्पेन नल्याए सुरुमा तिरिएको ठुलो रकम खेरजाने अबस्था थियो त्यसैले यो सरकारले ल्पेन ल्यायो भन्ने तथ्य बाहिर आएकैछ । यसमा कुनै भ्रष्टचार भएकैछैन भन्ने भनाइ पटक्कै हैन तर मुद्धा छानबिनको क्रममाछ । सरोकारवाला निकायहरु छानबिनमा छन । दोशी पाइए कारबाही अबश्य होला भन्ने आशा राखौ । सम्झाउन र दबाब दिन नछोडौ । हामीलाई थाहाछ भ्रष्टचारी लाई कारबाही गर्न कानुन चाहिन्छ । बिना कानुन कसैलाई कारबाही गर्न कसैले सक्दैन र हुदैन पनि । कानुनलाई दशी प्रमाण चाहीन्छ । दसी प्रमाण भ्रष्टचारीले भरसक छोडेको हुदैन त्यसैले दसी प्रमाण जुटाउन सम्बन्धित निकायलाई समय लाग्छ । धेरै अनुसन्धान आबब्यक पर्दछ । जनतामाथिको ठगी , राष्टघाती कोहीपनि ब्यक्क्ती ढिलो भएपनि कठघरामा हुनेछन, हामीले आशा र बिश्वास गर्नुपर्दछ । समाजले भ्रष्टचारीलाई बहिस्कार गरेर भ्रष्टाचारीलाई निरुत्साही गर्नु आजको आबश्यकता हो । कसैले पैसा कमायो हैन कसरी कमायो पनि सोध्नेगरौ ।

कोरोनाको यो भयाबह परिस्थितिमा समेत स्वास्थ्यमा भ्रष्टाचार भएको जुन प्रशंग बाहिर आएको छ, यस्तो भएकै हो भने यो घ्रिणित कुराहो । कोरोना शंक्रमणको कुराबाट जनता मात्र हैन स्वास्थ्यकर्मीहरु समेत अतालिएको अबस्था हो । यो नयाँ कुरा भएको हुदा पुर्ब तयारी भैरहेको हुने कुरा भएन । हतारमा सुचना संग्रह गर्ने र सम्भावनाको सही अनुमान गरेर तयारी गर्नुपर्ने भएकोले सरकार चुकेको पनि हुनसक्छ । संसारभर आतंक भएको बेलामा आबश्यक समानको मुल्य बढेको पनि हुनसक्छ । खासगरी बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेर सेवा दिनुपर्ने स्वास्थ्यकर्मीहरुको ज्यानको सुरक्षा र शंकास्पद शंक्रमितको जाँचको ब्यबस्था गर्नु नितान्त जरुरी थियो नै । यस्तो संवेदनशिल अबस्थामा हतारमा गरिएको खरिदमा भ्रष्टाचार गर्ने घृणित काम भएको होला भन्ने हामीले सोच्नै सक्दैनौ । यसमा भ्रष्टाचार भए जो भएपनि कारबाही हुन्छ भनेर प्रधानमन्त्रीले पटक पटक भनिरहनुभएकोछ । केही जिम्मेवारीबाट हटाएको र छानबिनको प्रक्रिया प्रारम्भ भएसकेको हामीले थाहा पाईरहेकाछौ । गलत कामको शंका लागेमा अरु जिम्मेवारहरुलाई हटाउने र कारबाहीको दायरामा ल्याउने जिम्मेवार ब्यक्तिको भनाई बिश्वास गर्नु आबश्यक हुन्छ । संकटको घडीमा हठात कारबाही गर्ने खाली गर्ने जस्ता कुराले अरु शंकट निम्तन सक्छ । जिम्मेवार ब्यक्ति गैह्रजिम्मेवार बनेर हतारमा कामगर्दैन तर जिम्मेवारी अबश्य पुरागर्छ भन्ने बिश्वास गरौ ।

केही अभियन्ताहरुले सन्चार माध्यम र सामाजिक संजालमा रअ र सिआइएको मात्र चस्मा लगाएर हरेक गतिबिधिलाई चस्माको आधारमा ब्यख्या गरेर बडा ठुलो बिज्ञ बनेको देख्दा र नेता बन्ने धुनमा देशालाई समाजलाई दिगभ्रमित गर्ने कार्य गरेको देख्दा लाग्छ यो देशमा बिदेशीको दलाल बन्ने ठुलो जागिर नै खुलेकोछ । दशपोका चामल आफन्तलाई बाँडेर स्थानिय सरकार देशको बिधी थिति उलंघन गरेर प्रचार पाउने लालसाका अभियन्ता पनि देख्न पाइने हाम्रो समाज निक्रिष्ट राजनीतिको आधारभुमी बनाउन खोजेको आभास हुन्छ । अभियानमा लाग्ने कथित नेता , खासगरी युवा जगत जसले यो देशको भबिश्य निर्माण गर्नुछ बिषयलाई भम्भिरता पुर्बक अध्ययन गरौ बास्तबिकता बुझौ बिधी प्रकृया बुझौ देश र समाजको अबस्था बुझौ अनिमात्र अभियानमा लागौ भन्ने सल्लाह राख्न चाहन्छु । अहिलेको शंक्रमणको खतरालाई आबेस वा भाबनाले जित्न सकिदैन सम्यम बनौ । राजनीतिले नै देश र जनताको भबिश्य सुखद बनाउन सक्दछ । यसमा सक्षम युवाको सहभागिता आबश्यक छ । ऋण लिएर साधारण खर्च चलाउनुपर्ने बाध्यता भएको देशलाई सबल बनाउन युवाहरुको सहभागिता सफल होस अग्रिम शुभकामना !