काठमाडौँ, १ असार । विश्वभर नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमितको संख्या अहिलेसम्म कुल ७९ लाख ८२ हजार ४९५ जना पुगेको छ ।
विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ४१ लाख ३ हजार ८९० जना उपचारपछि घर फर्किएका छन् ।यस्तै, कोरोना भाइरसबाट ४ लाख ३५ हजार १६६ जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा ८ लाख ६७ हजार ७२३ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ४ लाख ३७ हजार ९८१ जना, रसियामा २ लाख ८० हजार ५०, इटालीमा १ लाख ७६ हजार ३७० र जर्मनीमा १ लाख ७२ हजार २०० जना उपचारपछि घर फर्किएका छन् ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ६१ हजार ७२७ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा ८ लाख ६७ हजार ८८२ जना, रसियामा ५ लाख २८ हजार ९६४ जना, भारतमा ३ लाख ३३ हजार ८ जना र बेलायतमा २ लाख ९५ हजार ८८९ जनामा संक्रमण देखिएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख १७ हजार ८५३ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ४३ हजार ३८९ जना, बेलायतमा ४१ हजार ६९८ जना, इटालीमा ३४ हजार ३४५ जना र फ्रान्समा २९ हजार ४०७ जनाको मृत्यु भएको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्