काठमाडौँ, २ असार । मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भाेलि झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाक अनुसार विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको मनसुनी प्रणाली पश्चिम सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको छ । यो प्रणाली बेलुकीसम्ममा पश्चिम पुग्ने भएकाले आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
विस्तारै पश्चिमी वायुको प्रभाव कम हुँदै जाने र मनसुनी वायु सक्रिय हुने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्