सम्पादकीय

भक्तपुरको सडक साझालाई गुड्न नदिन मन्त्रालयकै दबाव



काठमाडौं, २३ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेवास्ता गर्दा साझा यातायातले भक्तपुरमा सडक इजाजत (रुट परमिट) पाउन सकेको छैन ।

यातायात व्यवस्था विभाग अधिकारीले रुट इजाजतबारे ढिलाइ गर्दा समेत मन्त्रालयले कुनै चासो लिएको छैन ।

उल्टै रुट परमिट नदिन मन्त्रालयका अधिकारीले दबाव दिँदै आएको स्रोतको दाबी छ ।
‘हाम्रो प्रयासले मात्र केही चल्दैन’, विभागका एक अधिकारीले भने, ‘सिन्डिकेटलाई मन्त्रालयले नै प्रश्रय दिन्छ अनि कसरी हुन्छ यातायात क्षेत्रमा सुधार ?’

साझा यातायातले भक्तपुरमा बस सञ्चालनगर्न रुट परिमिटका लागि विभागा निवेदन दर्ता गरेको तीन साता बितिसक्यो । तर राजनीतिक दल र मन्त्रालयको दबावमा विभागले अनुमति दिन सकेको छैन । कान्तिपुरमा समाचार छ ।