काठमाडौँ, २ असार । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ९ हजार ९१५ जनाको पुगेकाे छ ।
त्यसैगरी भारतमा पछिल्लाे २४ घण्टामा काेराेनाभाइरसका कारण ३९५ जनकाे मृत्यु भएकाे छ । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा १० हजार २४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या ३ लाख ४३ हजार २६ पुगेकाे वर्ल्डाे मिटर्सले जनाएकाे छ ।
अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । अहिले भातरमा १ लाख ५२ हजार ७९१ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख ८० हजार ३२० जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्