समाचार

आजको राशिफल



आज २०७७ साल असार ३ गते बुधबार, आषाढ कृष्ण पक्ष एकादशी, विश्व खडेरी विरुद्ध संघर्ष दिवस

मेष (चुचेचोलालिलुलेलोअ)

नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृष (इवाविवुवेवो)

काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा समस्या आउला ।

मिथुन (काकिकुकेकोहा)

शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यवसायका लागि नयाँ योजना छोटो यात्राको सम्भावना पनि छ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

कन्या (टोपापिपुपेपो)

यात्रामा सावधानी अपनाउनु पर्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।

तुला (रारिरुरेरोतातितुते)

पुनर्मिलन र लाभदायक यात्रा हुनेछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

मन प्रसन्न रहने र अधुरो काम पूरा हुन सक्छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रविधि मार्फत आफन्त संग भेटघाट हुनेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)

आफन्त र सहकर्मिको सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

आज बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मीन (दिदुदेदोचाचि)

शुभ कार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला ।

साभारः हाम्रो पात्रोबाट