काठमाडौँ, ३ असार । थप ५८६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ सय ७७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ५८६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालय प्रवक्ता डा. गौतमका अनुसार ७ हजार १ सय ७७ पुगेको छ । धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, विरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
भरतपुर अस्पतालमा भएको परीक्षणमा ३, धुलिखेल अस्पतालमा ९९ जनाको पोजेटिभ आएको छ । यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा १, पोखरामा भएको परीक्षण्मा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ ।
त्यसैगरी जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षण्मा ७ जनाको पोजेटिभ देखिएको छ ।
मन्त्रालयका अनुसार आज ९ जना डिस्चार्ज भएसगै ११ सय ६७ जना जना कोरोना जितेर घर फर्किएका छन् भने २० जनाको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्