विश्व

भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १२ हजार नघ्याे



काठमाडौँ, ४ असार । भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेकाे संख्या संख्या १२ हजार २६२ पुगेकाे वर्डाेमिटर्सले देखाएको छ ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ३ सय ४१ जनाकाे मृत्यु भएकाे छ भने १३ हजार १०३ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या ३ लाख ६७ हजार २६४ पुगेकाे छ । अहिले भातरमा १ लाख ६० हजार ५६४ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख ९४ हजार ४३८ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।