राजनीति

सीमा रक्षामा सरकारको ऐतिहासिक कदम : हिल्सामा सशस्त्रको बिओपी स्थापना



कालिकोट, ७ असार । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा पहिलो पटक सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बिओपी स्थापना गरिएको छ ।

चीनसँग सिमाना जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको हो । हिल्सा बिओपीमा इस्पेक्टरको नेतृत्वमा २५ जनाको सशस्त्र प्रहरी रहने गरी बिओपी स्थापना गरिएको छ । बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानूनी गतिविधिको निगरानी गर्ने भएको छ ।