समाचार

आजको राशिफल



आज २०७७ साल असार ७ गते आइतबार, आषाढ कृष्ण पक्ष औंसी,खण्डग्रास सूर्यग्रहण/विश्व योग दिवस र संगीत दिवस

मेष (चुचेचोलालिलुलेलोअ)

आज पुरानो समस्या सुल्झाउन सकिनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनसक्छ ।

वृष (इवाविवुवेवो)

रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारीक सुख रहला ।

मिथुन (काकिकुकेकोहा)

साथीको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कन्या (टोपापिपुपेपो)

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

तुला (रारिरुरेरोतातितुते)

धार्मिक कार्यमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ कार्यको थालनी होला ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

धनु (येयोभाभिभुधाफाढाभे)

धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज छोटो दुरीको लाभदायी यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

भाग्योदय हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ ।

मीन (दिदुदेदोचाचि)

कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ ।

साभारः हाम्रो पात्रोबाट