एजेन्सी, ७ असार । साउदी अरेबियाले आइतबारदेखि मुलुकभर लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको छ ।
साउदी अरेबियाका अनुसार आइतबारदेखि सबै आर्थिक तथा व्यावसायिक गतिविधिहरु शुरु हुनेछन् । यद्यपि अन्तर्राष्ट्रिय यात्रा तथा धार्मिक यात्रामा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म साउदी अरेबियामा कोरोना भाइरसका एक लाख ५५ हजार संक्रमित फेला परिसकेका छन् भने एक हजार २३० जनाको मृत्यु भइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्