काठमाडौँ, ८ असार । एक वर्ष अघि सम्म दाङको नेपाल भारत सीमा क्षेत्रमा एक स्थानमा मात्रै सीमा सुरक्षा प्रहरीको उपस्थिति थियो । कोयलावासमा मात्रै रहेको सीमा सुरक्षा प्रहरीलाई ८३ किलोमिटर सीमा क्षेत्रको निगरानीका लागि हम्मे हम्मे पर्थ्यो ।
सडक नहुनु, पैदल हिँडेरै सुरक्षाकर्मीहरूले सीमा रक्षार्थ अहम भुमिका निर्वाह गर्दै आए । तर एकै स्थानमा मात्रै रहेको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको उपस्थिति अहिले सीमा क्षेत्रमा बढाइएको छ । फलतः अहिले सीमा सुरक्षामा चुनौती धेरै हद सम्म कम भएको छ ।
कोयलावास पछि सुनपथरी नाकामा सशस्त्र प्रहरीको दोस्रो सुरक्षा पोष्ट खडा भयो । ‘एक स्थान (कोयलावास)मा मात्रै सीमा सुरक्षार्थ प्रहरीको उपस्थिति हुँदा सीमा निगरानीमा समस्या भएको थियो,’ दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘एक वर्ष यता सीमा सुरक्षार्थ सशस्त्र प्रहरीको सुरक्षा पोष्ट बढान सुरु गर्यौँ ।’
कोरोना संक्रमणको उच्च जोखिम बढेपछि प्रशासनले नेपाल भारत सीमा क्षेत्रलाई दाङमा कोरोना संक्रमण भित्रन सक्ने प्रमुख जोखिम क्षेत्रका रुपमा मान्यो ।
भारतमा बढिरहेको संक्रमण यी खुला सीमा नाकाबाट हुने मानिसहरूको आगमनले संक्रमण सहजै भित्रन सक्ने प्रशासनको आँकलन थियो । फलतः कोयलावास र सुनपथरी नाका बाहेकका अन्य खुला ९आवतजावत बढि हुने० नाकामा प्रहरीको उपस्थिति बढाउनु अपरिहार्य नै थियो । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्