काठमाडौँ, ८ असार । थप ५३५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ जना पुगेको छ । जसमा ८९४ महिला र ८ हजार ६६७ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ५३५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।जसमध्ये ७४ महिला ४६१ जना पुरुष रहेका छन् ।
आज सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५/१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२/१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।
अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५/५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २/२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार नेपालमा २१ सय ४२ जना जना कोरोना जितेर घर फर्किएका छन् भने २३ जनाको मृत्यु भएको छ । सुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्