शैक्षिक

सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना एक पाइलटको मृत्यु



पोखरा,१० माघ । प्याराग्लाइडिङ गर्दै गर्दा एक जना विदेशी सोलो प्याराग्लाइडिङ पाईलटको मृत्यु भएको छ ।

कास्कीको सराङकोटबाट उडान भरेका बेलायत लिभरपुलका ६८ वर्षीय मिचाईल पिटर व्ल्यानचार्डको प्याराग्लाइडिङ अनियन्त्रित भई रुखमा ठोकिएर मृत्यु भएको हो ।

बेलायतबाट २१ जनवरीमा काठमाडौँ आएका पिटर २२ तारिखमा नेपाल नागरिक उड्डयन कार्यालय पोखराबाट सोलो प्याराग्लाईडिङको अनुमति लियर उडान गरेको केही सेकेण्डमै रुखमा ठोकिएको थियो । मेट्रो सिटि अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको पर्यटक प्रहरी निरिक्षक जयराम महन्तले बताए ।

पिटरको पासवोर्ड नम्बर ५१२८७६२६४ रहेको छ । उनको शव हाल पोष्टमाटको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पिटरले सराङकोटबाट उडान भरेको करिब एक सय मिटर टाढा पुग्दा नपुग्दै रुखमा ठोकिन पुगेको स्थानीयले बताए ।