समाचार

‘मोस्टवान्टेड’ सूचीमा रहेका यादव पक्राउ



नेपालगञ्ज, ९ असार । प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका राजेश यादव उर्फ धर्मा सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह)को कार्यकर्ता समेत रहेका यादवलाई बाँके प्रहरीले मंगलबार बिहान ३ बजे पक्राउ गरेको हो ।

ज्यान सम्बन्धी कसुर, अपहरण तथा शरीर बन्धक, हात हतियार खरखजाना, विष्फोटकलगायत नौ वटा मुद्दाका अभियुक्त यादव लामो समयदेखि भारतमा बस्दै आएका उनलाई वनकट्टीबाटै पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।