काठमाडौँ, १० असार । नेपाल काठमाडौँ, पार्टी (नेकपा)को स्थायी समिति बैठकअघि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता हुने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समिति बैठकअघि दुई अध्यक्षबीच वार्ता हुन लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । दुई अध्यक्षले महासचिव विष्णु पौडेललाई पनि राखेर छलफलगर्ने तयारी छ । त्यसका लागि अध्यक्ष प्रचण्ड १० बजे बालुवाटार जाँदै हुनुहुन्छ । उहाँहरुबीच छलफल गरेर बैठकका एजेण्डा तय गरिनेछन् । उहाँहरुको छलफल सकिए लगत्तै स्थायी समिति बैठक सुरु हुनेछ ।










प्रतिक्रिया दिनुहोस्