काठमाडौँ, १० असार । ब्राजिलमा अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या पनि ५२ हजार ७७१ पुगेकाे छ । यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये ६ लाख १३ हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् । मंगलबार मात्र एकै दिनमा त्यहाँ ३४ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।
ब्राजिलमा मंगलबार एकै दिन ४० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । यससँगै ब्राजिलमा काेराेना संक्रमित कुल संख्या ११ लाख ५१ नाघेकाे छ । याे दैनिक संक्रमण र मृत्यु विश्वका अन्य देशकाे भन्दा सबैभन्दा बढी हाे ।
उता विश्वमा सबैभन्दा बढी संक्रमित र मृत्यु रहेकाे संयुक्त राज्य अमेरिकामा मंगबार ३६ हजार नयाँ संक्रमित थपिएका छन् भने ८६३ काे ज्यान गएकाे छ । यससँगै अमेरिकामा कुल संक्रमित संख्या २४ लाख २४ हजार पुगेकाे छ भने कुल मृतक संख्या पनि १ लाख २३ हजार ४७३ पुगेकाे छ ।










प्रतिक्रिया दिनुहोस्