विश्व

भारतमा एकैदिन १५ हजारबढी कोरोना संक्रमित थपिए



काठमाडौँ, १० असार । भारतमा मंगलबार मात्र एकैदिन १५ हजार ६६५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कुल सङ्क्रमित संख्या ४ लाख ५६ हजार ११५ पुगेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । साेमबार त्यहाँ  १३ हजार ५४० नयाँ संक्रमित थपिएका थिए भने आइतबार १५ हजार १८३ नयाँ संक्रमित फेला परेका थिए । शनिबार एकैदिन हालसम्मकै बढी १५ हजार ९१५ नयाँ संक्रमित थपिएका थिए ।

भारतमा काराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या पनि १४ हजार नाघेकाे छ । वर्डाेमिटर्सका अनुसार अहिलेसम्म भारतमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या १४ हजार ४८३ पुगेकाे छ । वर्ल्डाेमिटर्सका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा (मंगलबार) मात्र भारतमा काेराेनाबाट ४६८ जनाकाे ज्यान गएकाे छ । मंगलबार त्यहाँ हालसम्मकै बढी दैनिक मृत्युका केस फेला परेकाे बताइएकाे छ । भारतमा काेराेना एकैदिन ज्यान गुमाउनेकाे याे नै हालसम्मकै बढी संख्या हाे । साेमबार भने ३१२ जनाकाे ज्यान गएकाे थियाे र अाइतबार पनि ४२६ जनाकाे मृत्यु भएकाे थियाे ।

अहिले भारतमा १ लाख ८३ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् भने २ लाख ५८ हजारभन्दा बढी मानिसचाहिँ सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् ।