Banner News

थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १० हजार ७ सय नाग्यो



काठमाडौँ, १० असार । थप ६२९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ६२९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् ।

आजसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरीएको छ । अहिले सम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार आज  १ सय १४ डिस्चार्ज भएसगै नेपालमा २३ सय ३८ जना जना कोरोना जितेर घर फर्किएका छन् भने २४ जनाको मृत्यु भएको छ ।