काठमाडौँ, ११ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा रहेका सम्पूर्ण राजनीतिक दलहरुको सहकार्य र एकताले नै मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान हुने बताउनुभएकोछ ।
बुधवार साँझ सितलनिवासमा विभिन्न राजनीतिक दल तथा विशिष्ट व्यक्तिहरुसँगको भेटमा उहाँले पछिल्लो समय निशान छाप, सीमा समस्या, कोरोना महामारिकलगायतका कार्यमा दुलहरु विच भएको एकता सधैंका लागि निरन्तर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले निसान छाप संवन्धी संविधान संशोधनमा राष्ट्रिय एकता भएकोमा सम्पूर्ण दललाई धन्यवाद व्यक्त गर्नुभयो ।










