काठमाडौँ, ११ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोक ऐन महरले नेपाल विद्यार्थी संघ लोकतन्त्रलाई बदनाम तथा कमजोर बनाउने सवैभन्दा खतरनाक शक्ति भएको बताउनुभएको छ ।
नेपाली जनताले लामो संघर्ष तथा वलिदानीबाट प्राप्त संघिय लोकतान्त्रीक गणतन्त्रमा आफुलाई लोकतन्त्राको मसिया ठान्ने अनि लोकतन्त्राको ओठे रटान गरेर कहिल्यै नथाक्ने नेविसंघ विभिन्न बहानामा लोकतन्त्रलाई प्राहार गरिरहेको भन्दै संयोजक महरले आक्रोस व्यक्त गर्नुभयो ।
बुधवार दिउँसो त्रिभुवन विश्व विद्यालय पुगेका प्रमेख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले विभिन्न मागहरु राखी उपकुलपतिको कुर्सी जलाएका थिए । उपकुलपतिको कार्यपक्षबाट कुर्सी बाहिर लगेर त्रिवि हाताभित्रको सडकमा नेविसंघले जलाएका हुन् । सोही उग्रवादी सोच तथा अमानविय व्यवहार प्रति आक्रोस जनाउँदै संयोजक महरले भौतिक संरचनामा आक्रमण गर्नुले लोकतन्त्र माथि नै नेविसंघले प्रहार गरेको बताउनुभएको छ ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा ‘नेविसंघले जलायो उपकुलपतिको कुर्सी’ सेयर गर्दै भन्नुभएको छ, ‘आफुलाई लोकतन्त्रको मसिया ठान्ने अनि लोकतन्त्रको ओठे रटान गरेर कहिल्यै नथाक्ने तर वास्तविक रुपमा लोकतन्त्रका लागि सबैभन्दा खतरनाक शक्ति र बदनाम गर्ने कमजोर बनाउने शक्ति हो नेबि संघ ।’
उहाँले नेपाली विद्यार्थीको भाग्य र भविष्यको निर्धारण गर्न नेपाली विद्यार्थीले गरेको आन्दोलनको नेविसंघले धज्जी उडाएको समेत बताउनुभएको छ । आजको नेवि संघको घृणित व्यवहारले विद्यार्थीको मात्र नभई नेपालको परिवर्तनमा विद्यार्थीले वास्तवमा खेलेको भुमिकाको बेइज्जत भएको समेत बताउनुभयो ।











प्रतिक्रिया दिनुहोस्