काठमाडौँ, ११ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकका एजेण्डाहरु केही परिवर्तन गरिएको छ ।
बैठकमा स्थायी कमिटीका केही सदस्यहरुले पुरानो एजेण्डामाथि कडा रुपमा आपत्ती जनाएपछि पुनः एजेण्डा परिवर्तन गरिएको हो । परिवर्तन गरिएका एजेण्डाहरुमा,
१. अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य
२. कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने
३. सीमा समस्या र समाधानबारे
४. सरकारको कामको समीक्षा
५. पार्टी कामको समीक्षा र सांगठिनक एकताको र्पूाता
६. एमसीसीबारे
७. विविधि
रहेका छन् । यसभन्दा अघि तयार गरिएको एजेण्डाहरुमा,
१. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य
२. सरकारको कामका सम्बन्धमाः
क) कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा
ख) नेपालको सीमा समस्या र समाधान
ग) अन्य
३. पार्टी एकीकरणका बाँकी काम
४. एमसीसीका सम्बन्धमा
५. विविधि ।
रहेको थियो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेपछि बैठक पर्सि १२ गते ११ बजे बस्ने गरी स्थगित भएको छ ।










प्रतिक्रिया दिनुहोस्