एजेन्सी, ११ असार । एसियाका सबैभन्दा सम्पन्नशाली व्यक्ति मुकेश अम्बानीले पहिलोपटक विश्वको सर्वाधिक धनीहरुको सूचीमा शिर्ष दशमा स्थान हासिल गरेका छन् । अम्बानी भारतको सबैभन्दा मूल्यवान् मानिने कम्पनी रिलायन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । उनको कूल सम्पति हालैमा मात्र ६४.५ अर्ब डलर रहेको छ ।
शीर्ष दशमा पर्न सफल अम्बानी एसियाका एक मात्र व्यक्ति हुन् । अम्बानीको नेतृत्वमा रिलायन्स, तेल र ऊर्जाको कम्पनीबाट रिटेल पसल, मोबाइल, ब्रोडब्यान्ड, डिजिटल प्लटेफर्म लगायत विभिन्न रुपले विस्तार हुँदै आजको स्थानसम्म आइपुगेको हो ।
यसअघि अम्बानीले रिलायन्सको डिजिटल प्रविधि जिओमा लगानी गरेको तीन महिनामै १६.५ अर्ब डलर आम्दानी गरेका थिए । सिएनएन










प्रतिक्रिया दिनुहोस्