काठमाडौँ, ११ असार । थप ४३४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ४३४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ३ सय १२ डिस्चार्ज भएसगै नेपालमा २६ सय ५० जना जना कोरोना जितेर घर फर्किएका छन् भने २६ जनाको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्