समाचार

आजको मौसम



काठमाडौँ, १३ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना रहेको छ । देशका अधिकांश भूभागमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति देशको सातवटै प्रदेशमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने छ । प्रदेश १,  प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५ का केही स्थानमा भने भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।