राजनीति

दुई प्रहरी सहायक निरीक्षकसहित तीन जना निलम्बित



जनकपुर, १३ असार । प्रदेश २ मा दुई  प्रहरी सहायक निरीक्षकसहित तीन जनालाई निलम्बित गरिएको छ ।

कर्तव्य र मर्यादा विपरित काम गरेको भन्दै दुई  प्रहरी सहायक निरीक्षक र १ एक प्रहरी जवान कारवाहीमा परेका हुन् । भ्रष्टचार विरुद्धको शून्य सहनशिलता र आन्तरिक शुद्धिकरण गर्ने नीतिअनुरुप २ नम्बर प्रदेश प्रहरी कार्यालयले ३ जनालाई निलम्बन गरेको जनाएको छ ।

वित्तिय अपराध (हुण्डी) कारोबारमा संलग्न रहेका व्यक्तिको आर्थिक प्रलोभनमा परि सघाएको प्रमाणित भएपछि कारवाही गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । हुण्डी कारोबारीलाई सहयोग गरेको प्रमाणित भएपछि ईलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह र प्रहरी जवान दिनेश हजारा निलम्बनमा परेका छन् ।

त्यस्तै, इलाका प्रहरी कार्यालय देवाही गोनाही रोतहटमा दरबन्दी भई प्रहरी चौकी ब्रम्हपुरी रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक सञ्जिवकुमार झाले प्रहरी आचरणविरुद्ध काम गरेको र पटक–पटक सुध्रिने मौका दिँदा पनि आचरणमा सुधार नल्याएको भन्दै निलम्बन गरिएको प्रहरी प्रमुख सिंहले बताए ।