पाल्पा, १३ असार । पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण देखिएको छ ।
नेपाली सेनाको पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नंं. १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका दुईजना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पुष्टि गरे ।
शव व्यवस्थापन गरेको दिनदेखि नै उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।










प्रतिक्रिया दिनुहोस्