काठमाडौँ, १५ असार । र्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको लकडाउन खुकुलो पारेपछि आर्थिक वृद्धिदर बढ्दै गएको बताएका छन ।
नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री खतिवडाले अत्यन्तै बढी आर्थिक क्रियाकलापहरु हुने पछिल्ला ५ महिनामा लकडाउन गर्नु परेकाले अर्थिक वृद्धिदर घटेको तर लकडाउन खुकुलो पारेपछि अर्थिक बृद्धिदरले ट्रयाक लिदै गरेको बताएका हुन ।
उनले भने, ‘सार्वजनिक निर्माण र व्यापार उच्च हुने समयमा कोरोना भाइरसको महामारीका कारण नेपालको आर्थिक स्थिति संकुचित हुँदा कुनै क्षेत्रमा नकारात्मक असर समेत पर्यो तर लकडाउन खुकुलो पारिदै आपछि अहिले आर्थिक वृद्धिदर बढ्दै छ ।’
उनले पूर्ण लकडाउनका बेला नर्मल अवस्थामा हुने गरेकाे ब्यापारकाे मासिक २० प्रतिशत ब्यापार हुने गरेकोमा अहिले बढेर ८० प्रतिशत पुगेको बताए ।
त्यस्तै भन्सार र आन्तरिक राजस्व पनि ८० प्रतिशत नै पुगेको तर पूर्ण १०० प्रतिशत पुग्न बाँकी रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्