काठमाडौँ, २३ असार । थप २०४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २०४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ६६८ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ हजार ४ सय ९९ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्