समाचार

शिक्षकको हत्या गरी फरार अभियुक्त पक्राउ



बारा, २३ असार । शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन ।

कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७गते बारा साबिक फेटा गाविस-१ स्थित नेरामाविफेटाका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई विद्यालयबाट घर फर्किने क्रममा सोही ठाँउस्थित सडकमा गोली प्रहार गर्दाघटनास्थलमै मृत्यु भएको थियो । हत्या पछि मुख्य अभियुक्तनन्दुहालसम्म फरार रहेका थिए ।

साथै हत्यामा संलग्न बारा गंजभवानीपुर बस्ने अग्नि भनिने सुनिल जैसवाल (अग्नी) लाई २०७० साउन २४ गते र बारा साविक फेटा गाविस-१ बस्ने बिजय पटेललाई २०७३ पुस २२ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा सुनिललाई सर्वस्व सहित जन्म कैद सजाय र विजयलाई पुर्पक्षमा कारागार कार्यालय वीरगंजमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।