काठमाडौ, २३ असार । झण्डै ३ घण्टा छलफलपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भएको छलफलमा कुनै ठोस सहमति भइनसकेको नेताहरुले बताएका छन् ।
दुई अध्यक्षबीच प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन नेताहरुले स्थायी कमिटी बैठकमा कुरा उठाएपछि उत्पन्न विवाद समाधानका लागि बैठक रोकेर दुई अध्यक्षले छलफल थालेका थिए । लगातार भेटवार्ता भएपछि सहमति हुन सकेको छैन
प्रतिक्रिया दिनुहोस्