Banner News

कसैको कुरा सुन्नु राम्रो, मान्ने नमान्ने अधिकार हाम्रो : मन्त्री भट्टराई



काठमाडौँ, २४ असार । पर्यटनमन्त्री एंव नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेपालको राजनीतिक विकासमा कसैले सुझाव दिनुलाई गलत सम्झन नहुने बताएका छन  ।

मन्त्री भट्टराईले सबैको कुरा सुन्न राम्रो भएको भन्दै त्यसलाई मान्ने वा नमान्ने भन्ने अधिकार चाँही आफुहरुको भएको स्पष्ट  पारेका छन । नेपालको राजनीतिमा विदेशी हावी भएको भन्दै सवालहरु उठिरहेका बेला उनले चार बुँदामा स्पष्ट  पारेका छन ।

१. संबिधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संबिधान निर्माणप्रति सद्भभाब राख्नु ठिक ?
२. पहिलो र दोश्रो संबिधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरबिरोधलाई चर्काएर नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाब राख्नु ठिक ?
३. नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक ?
४. पार्टी\पार्टी र पार्टीभित्रको अन्तरबिरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबिचमा राम्रो एकता बनाउँदै नेपालको सम्म्रिद्धीप्रति सद्धभाब राख्नु ठिक ?