काठमाडौँ, २४ असार । नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । अहिले संक्रमित चार जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लाने तयारी गरिएको छ । उनीहरू होटल सोल्टीमा क्वारेन्टिनमा बसेका थिए ।
यसअघि पनि एयरलाइन्सका तीन जना पाइलटसहित नौ जनामा संक्रमण पुष्टि भएको थियो।










प्रतिक्रिया दिनुहोस्