कञ्चनपुर, २५ असार । भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनार बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी छन् ।
नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको र नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको छ ।
खोजीकार्य जारी रहे पनि बालिका अहिलेसम्म फेला पर्न सकेकी छैनन् ।










प्रतिक्रिया दिनुहोस्