काठमाडौँ, २५ असार । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ७० लाख ३० हजार ६ जना उपचारपछि घर फर्किएका छन् ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड २१ लाख ६४ हजार ११९ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ५ लाख ५२ हजार २३ जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा १३ लाख ९२ हजार ६७९ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ११ लाख १७ हजार ९२२ जना, भारतमा ४ लाख ७६ हजार ५५४, रसियामा ४ लाख ७२ हजार ५११, र चिलीमा २ लाख ७१ हजार ७०३ जना उपचारपछि घर फर्किएका छन् ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ३१ लाख ५८ हजार ९३२ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १७ लाख १६ हजार १९६ जना, भारतमा ७ लाख ६९ हजार ५२ जना, रसियामा ७ लाख ७९२ जना र पेरुमा ३ लाख १२ हजार ९११ जनामा संक्रमण देखिएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ३४ हजार ८६२ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ६८ हजार ५५ जना, बेलायतमा ४४ हजार ५१७ जना, इटालीमा ३४ हजार ९१४ जना र मेक्सिकोमा ३२ हजार ७९६ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म घर फर्किनेको संख्या ७ हजार ७ सय ९२ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्