राजनीति

भारतीय मिडियाले नेपालीलाई अपमान गर्यो, गोदी मिडिया बहिस्कार गरौंः सांसद थापा



काठमाडौँ, २६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद गगनकुमार थापाले भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुत होउ यान्कीलाई जोडेर गरेको भ्रामक, अतिरञ्जित तथा अनर्गल समाचार प्रशारण गरी नेपालीलाई अपमान गरेको बताउनुभएको छ ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनिया राजदुत होउ यान्कीलाई जोडि अनावश्यक तथा भ्रामक समाचार सम्प्रेषण गरेसँगै नेपालको स्वाभिमान, सार्वभौमसत्ता, राष्टिय अखण्डतालगायतका कुराहरुमा चुनौति दिएको भन्दै नेपालमा भारतीय टेलिभिजनहरु बन्द गरिएको छ ।