एजेन्सी, २६ असार । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ५ लाख ५७ हजार ३३४ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड २३ लाख ८६ हजार २७४ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ७१ लाख ८६ हजार ९०१ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ३५ हजार ८२२ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ६९ हजार २५४ जना, बेलायतमा ४४ हजार ६०२ जना, इटालीमा ३४ हजार ९२६ जना र मेक्सिकोमा ३३ हजार ५२६ जनाको मृत्यु भएको छ ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ३२ लाख १९ हजार ९९९ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १७ लाख ५९ हजार १०३ जना, भारतमा ७ लाख ९४ हजार ८४२ जना, रसियामा ७ लाख ७ हजार ३०१ जना र पेरुमा ३ लाख १६ हजार ४४८ जनामा संक्रमण देखिएको छ ।
हालसम्ममा अमेरिकामा १४ लाख २६ हजार ४२८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ११ लाख ५२ हजार ४६७ जना, रसियामा ४ लाख ९५ हजार ९६०, भारतमा ४ लाख ८१ हजार ३१६ र चिलीमा २ लाख ७४ हजार ९२२ जना उपचारपछि घर फर्किएका छन् ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्