समाचार

आजको राशिफल



आज २०७७ साल असार २९ गते सोमबार, श्रावण कृष्ण पक्ष अष्टमी, भानु जयन्ती

मेष (चुचेचोलालिलुलेलोअ)

आज घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चोटपटकको भयछ, सचेत रहनुहोला ।

वृष (इवाविवुवेवो)

नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । श्रमको उचित मुल्याङ्कन हुने र व्यापारमा धनलाभ हुनेछ ।

मिथुन (काकिकुकेकोहा)

वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ । आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्ने र कमको मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसरपनि मिल्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

विभिन्न जिम्मेवारी पूरा गर्नुपर्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । गरेका काममा ढिलासुस्तीपनि हुनेछ ।

कन्या (टोपापिपुपेपो)

आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । नयाँ काम सुरु गर्ने समय आएको छ ।

तुला (रारिरुरेरोतातितुते)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । सामाजिक काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

धनु (येयोभाभिभुधाफाढाभे)

रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

आज विद्या र बुद्धिको विकास हुनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मीन (दिदुदेदोचाचि)

आज शुभकार्यको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

साभारः हाम्रो पात्रोबाट