काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यकाे आज २०७ औँ जन्मजयन्ती हाे ।
प्रत्येक असार २९ गतेका दिन उनकाे सम्झनामा ‘भानुजयन्ती’ मनाउने गरिन्छ । काव्यानुरागी र भाषासेवीहरूले भानु याेगदानकाे स्मरण गरी श्रद्धापूर्वक उनकाे जन्मजयन्ती मनाउँदै छन् ।
विसं १८७१ मा असार २९ गतेका दिन हाल तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्तकाे जन्म भएकाे थियाे । उनले नेपाली भाषामा रामायण लेखेर नेपाली भाषालाई गुन लगाएका थिए । उनकाे लाेकप्रिय कृतिले नेपालीहरुकाे मनमनमा स्थान बनाएकाे र नेपाली भाषा समृद्ध हुँदै गएकाे रुपमा उनलाई स्मरण गर्ने गरिन्छ । आचार्यको विसं १९२५ असोज ६ गतेका दिन निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्