काठमाडौँ, २९ असार । मयुर यातायात प्रालिले आजदेखि काठमाडौं उपत्यकामा बस चलाउन थालेको छ ।
मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठका अनुसार हाल ६ ओटा बसबाट सेवा सुरू गरिएको छ । अहिले ६ ओटा गाटी सञ्चालनमा छन् भने पर्सिबाट २ भन्दा धेरै रूटमा गुड्नेछ ।
हाल दुईवटा रूटमा बस चलाइएको बताउदै उनले भने, ‘हामीले काठमाडौं-पनौती रूटमा २ ओटा र रिङरोडमा ४ ओटा गाडी सञ्चालन गरेका छौ । पर्सिबाट यातायात व्यवस्था विभागसगँ छलफल गरेर २०-२२ वटा थप्ने तयारी छ ।’
काठमाडौं र काभ्रेका सिडिओ कार्यालयसँग समन्वय गरेर धुलिखेलसम्म काठमाडौंबाट बस जाने र त्यहाँबाट पनौतीसम्म अर्को बसले लैजाने व्यवस्था मिलाइएको उनले बताए ।
गाडीमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार चालकलाई पन्जा, मास्क, सेनिटाइजरर सहचालकलाई थप फेसशिल्ड अनिवार्य गरेका जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्