एजेन्सी, ३० असार । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ५ लाख ७४ हजार ८७७ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ३२ लाख २९ हजार ३३५ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ७६ लाख ६९ हजार ४५१ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ३८ हजार २४७ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ७२ हजार ९२१ जना, बेलायतमा ४४ हजार ८३० जना, मेक्सिकोमा ३५ हजार ६ जना र इटालीमा ३४ हजार ८६७ जनाको मृत्यु भएको छ ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ३४ लाख ७९ हजार ३६५ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १८ लाख ८७ हजार ९५९ जना, भारतमा ९ लाख ७ हजार ६४५ जना, रसियामा ७ लाख ३३ हजार ६९९ जना र पेरुमा ३ लाख ३० हजार १२३ जनामा संक्रमण देखिएको छ ।
हालसम्ममा अमेरिकामा १५ लाख ४९ हजार ४६९ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १२ लाख १३ हजार ५१२ जना, भारतमा ५ लाख ७२ हजार ११२, रसियामा ५ लाख ४ हजार २१ र चिलीमा २ लाख ८६ हजार ५५६ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म घर फर्किनेको संख्या १० हजार २ सय ९४ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्