विश्व

कोरोना संकट झनै खराब भएर जान सक्ने डब्लूएचओकाे चेतावनी



एजेन्सी, ३० असार । डब्लूएचओले काेराेना संकट अझै खराब भएर जान सक्ने चेतावनी दिएको छ ।

सबै राष्ट्रहरूले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरूको पालना नगरेमा विश्वव्यापी कोरोना भाइरस महामारी संकट गहिरिँदै जान सक्ने भन्दै डब्लूएचओले चेतावनी दिएकाे हाे ।

डब्लूएचओका डाइरेक्टर जनरल टेड्रोस अधानोम घेब्रेसेसले साेमबार जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भने, ‘मलाई सोझो भन्न दिनुहोस् कि धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन् । काेराेना भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ र यसाे संकट खराब हुँदै जान सक्छ ।’

उनले देशहरूले याे महामारी नियन्त्रणका लागि ‘आधारभूत कुराहरुलाई पालना’ नगर्ने हाे भने  महामारी जारी रहने र यो झनै खराब  बन्दै जाने बताए ।