समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



महेन्द्रनगर, ३० असार । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार महेन्द्रनगरबाट धनगढी आइरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल झाडीमा खस्दा एक महिलाको मृत्यु भएको हो ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कृष्णपुर बनदेवी झाडीमा मोटरसाइक खस्दा प्रहरी जवान चन्द्रबहादुर बोहराकी २४ वर्षीया श्रीमती तारा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक अमर थापाले साइकल यात्रुलाई बचाउन खोज्दा दुर्घटना भएको बताए । उनको शव महाकाली अस्पतालमा राखिएको छ । चालक चन्द्रबहादुरलाई सामान्य चोट लागेको उनले बताए । बैतडी माइत भएकी तारा बोहरा पनि सशस्त्र प्रहरीमा रहेको र दार्चुलामा कार्यरत रहेको डीएसपी थापाले बताए ।