समाचार

बलात्कार गरी फरार एक युवक पक्राउ



काठमाडौँ, ३० असार । बलात्कार गरी फरार भएका एक युवकलाई महानगरीय अपराध महाशाखाको टोलीले २४ घण्टा नबित्दै पक्राउ गरेको छ ।

इलाम घर भई हाल ललितपुरको नख्खुमा बस्दै आएका २७ वर्षीय विजय गजमेरलाई महाशाखाको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गएराति एक युवतीलाई कोठामा पुर्‍याइदिने भन्दै ललितपुरको एकान्तकुनामा लगेर गाडीमै बलात्कार गरेका थिए ।

बलात्कारपछि फरार गजमेर लुकेर कोटेश्वरमा बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।